भित्तैभरि विरोध, माग र ऐक्यवद्धता – Kanika Khabar
Friday, March 29Nepali News Portal

भित्तैभरि विरोध, माग र ऐक्यवद्धता

    मा प्रकाशित

कनिका खबर
भदौ ३, दाङ ।


राप्ती अञ्चलकै सबैभन्दा जेठो क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस । यो क्याम्पको गरिमा नै फरक छ । यो क्याम्पसका उत्पादनलाई मात्र हेर्ने हो भने धेरै व्यक्ति देशको जिम्मेवार तहमा छन् । देश विदेशमा ख्याति कमाइ सकेका छन् । क्याम्पसको विगतको अवस्था र वर्तमानको अवस्थामा निकै फरक पाइन्छ ।


यतिबेला विश्व कोभिड १९ को महामारीमा छ भने राप्ती अञ्चलकै सबैभन्दा पुरानो क्याम्पस महेन्द्र बहुमुखी आन्दोलन, विरोध र मागको चपेटामा परेको छ । पहिले क्याम्पसका गतिविधि र सुचनाले भरिने भित्ता अहिले विरोध, माग र ऐक्यवद्धता पत्रहरुले सजिएका छन् । क्याम्पस प्रमुखको कार्यालय रहेको भवनको भित्तामा यतिबेला विरोधका पत्रहरु टाँसिएका छन् । कतै मागका पत्रहरु छन् त विभिन्न संघ र संगठनका ऐक्यवद्धता पत्रहरुले मुख्य द्वारको भित्ता भरिएको छ । पछिल्लो चरणमा आंशिक प्राध्यापकहरुको विरोध र माग अनि आंशिक प्राध्यापकहरुको मागमा ऐक्यवद्धता जनाउने समर्थनका पत्रहरुले भित्ता सजिएको छ ।


निरन्तर रुपमा चलिरहने यस्ता विरोधका गतिविधिले पठनपाठनमा अवरोध त पक्कै पु¥याउँछ नै तर आफ्ना माग पूरा गर्नका लागि विरोध, धर्ना र तालाबन्दी क्याम्सपको संस्कृति बन्दै आएको छ । हरेक विश्वविद्यालय र विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा यो संस्कृतिले बाक्लो रुप लिदै गएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्