श्रीलंकाका अलराउन्डर एन्जेलो म्याथ्युज विराटनगर किंग्सबाट एनपीएल खेल्ने – Kanika Khabar
Thursday, October 22Nepali News Portal

श्रीलंकाका अलराउन्डर एन्जेलो म्याथ्युज विराटनगर किंग्सबाट एनपीएल खेल्ने

    मा प्रकाशित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका अनुभवी क्रिकेटर तथा पूर्व कप्तान एन्जेलो म्याथ्युजलाई अनुबन्ध गरेको छ ।

श्रीलंकाली क्रिकेटका स्थापित खेलाडी म्याथ्युजले आफ्नो करियरमा टेस्ट, एकदिवसीय तथा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा देशको प्रतिनिधित्व गरिसकेका छन्। मध्यक्रममा जिम्मेवारीपूर्वक ब्याटिङ गर्ने क्षमता, दबाबपूर्ण परिस्थितिमा खेल सम्हाल्ने कौशल र बलिङबाट समेत योगदान दिन सक्ने विशेषताका कारण उनी एक प्रभावशाली अलराउन्डरका रूपमा परिचित छन् ।

सन् २००८ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट अन्तर्राष्ट्रिय करियर सुरु गरेका म्याथ्युजले श्रीलंकाको राष्ट्रिय टोलीको कप्तानीसमेत सम्हालिसकेका छन् । उनले सन् २०१४ मा श्रीलंकालाई इंग्ल्यान्डविरुद्ध ऐतिहासिक टेस्ट शृङ्खला जिताउन कप्तानका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सोही वर्ष उनी आईसीसीको एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा समेत पुगेका थिए ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा समेत ९० खेल खेलेका म्याथ्युजले १,४१६ रन र ४५ विकेट आफ्नो नाममा लेखाएका छन् । सन् २०२२ को मे महिनामा उनले आईसीसी पुरुष प्लेयर अफ द मन्थको अवार्ड प्राप्त गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्