भोटेकोशी बाढीपछि हानिनोक्सानी कोषले नेपाललाई करिब ३ अर्ब सहयोग गर्ने निर्णय – Kanika Khabar
Thursday, October 22Nepali News Portal

भोटेकोशी बाढीपछि हानिनोक्सानी कोषले नेपाललाई करिब ३ अर्ब सहयोग गर्ने निर्णय

    मा प्रकाशित

काठमाडौँ । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) ले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने निर्णय भएको छ ।

बोर्डको विशेष बैठकले करिब ३ अर्ब रकम दिने निर्णय गरेको छ ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा गत भदौ १० गते आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको थियो। प्रारम्भिक विवरणअनुसार उक्त विपद्बाट करिब १५ हजार घरपरिवारका ६० हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष प्रभावित भएका छन्। बाढीमा करिब एक हजार पाँच सय जनाले ज्यान गुमाएको र पाँच हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको विवरण छ ।

नेपाल सरकारको अनुरोधपछि कोषका विकासशील तथा विकसित राष्ट्रहरूको प्रतिनिधित्व गर्ने बोर्ड सदस्य र वैकल्पिक सदस्यहरूबीच विभिन्न चरणमा छलफल भएको थियो । निरन्तरको छलफल, समन्वय र परामर्शपछि नेपाललाई सहयोग उपलब्ध गराउने निर्णय भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्