अमेरिकामा १ लाख ७७ हजारको मृत्यु – Kanika Khabar
Tuesday, July 28Nepali News Portal

अमेरिकामा १ लाख ७७ हजारको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ ५, दाङ ।
विश्वभरी नै कोरोना भाइरसका कारण झण्डै ८ लाख मानिसको मृत्यु भएको छ । हाल सम्म कोरोनाका कारण ७ लाख ९७ हजार १ सय ८१ जनाको मृत्यु भएको छ । यस्तै अहिले सम्म विश्वभर २ करोड २८ लाख ६९ हजार मानिसमा कोरोनाको सङ्क्रमण भएको छ । हाल सम्म विश्वभर १ करोड ५५ लाख भन्दा बढि निको भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ५७ लाख ४६ हजार ५ सय ३४ जना सङ्क्रमित भएका छन् भने १ लाख ७७ हजार ४ सय २६ जना मानिसको मृत्यु भएको छ । यस्तै ब्राजिलमा पनि ३५ लाख ५ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् भने १ लाख १२ हजार मानिसको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्