विरगञ्जमा २ कोरोना सङ्क्रमितको मृत्यु – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

विरगञ्जमा २ कोरोना सङ्क्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ ६, विरगञ्ज ।
विरगञ्जको नारायणी कोभिड १९ अस्पतालमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली विर्ता बस्ने ५८ वर्षका पुरुष र बहुदरामाइ नगरपालिका ४ डोर्केलाका ६१ वर्षीय पुरुषको ज्यान गएको हो ।

५८ वर्षे ती पुरुषमा कोरोना पोजेटिभ देखिएपछि आइसीयू र भेन्टिलेटरमा उपचार गराइरहेको थियो । उनको हिजो शुक्रबार राति ८ बजेतिर मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

त्यस्तै डोर्केलाका ६१ वर्षीय पुरुषको आज शनिबार बिहान निधन भएको हो । भदौ ३ गते गरिएको स्वास्थ्य परीक्षणमा उनमा पनि कोरोना देखिएको थियो । भदौ ४ गतेदेखि आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनको बिहान ७स्१० बजे निधन भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्