नेता नेपालका सुरक्षार्थ खटिएका ९ सुरक्षाकर्मी कोरोना संक्रमण पुष्टि – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

नेता नेपालका सुरक्षार्थ खटिएका ९ सुरक्षाकर्मी कोरोना संक्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौ ६, काठमाडौँ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ खटिएका ९ सुरक्षाकर्मी कोरोना संक्रमण पुष्टि भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको सुरक्षामा खटिएका नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका ७ जनामा कोरोना पुष्टि भएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

संक्रमण पुष्टि भएका उनीहरू सबैलाई आइसोलेसनमा लगिएको छ। नेता नेपालसहित उनको परीवारका सदस्यको भने कोरोना रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्