नेता नेपालका सुरक्षार्थ खटिएका ९ सुरक्षाकर्मी कोरोना संक्रमण पुष्टि – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेता नेपालका सुरक्षार्थ खटिएका ९ सुरक्षाकर्मी कोरोना संक्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौ ६, काठमाडौँ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ खटिएका ९ सुरक्षाकर्मी कोरोना संक्रमण पुष्टि भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको सुरक्षामा खटिएका नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका ७ जनामा कोरोना पुष्टि भएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

संक्रमण पुष्टि भएका उनीहरू सबैलाई आइसोलेसनमा लगिएको छ। नेता नेपालसहित उनको परीवारका सदस्यको भने कोरोना रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्