लिदिको पहिरोमा बेपत्ता भएका मध्ये ३२ जनाको शव भेटियो – Kanika Khabar
Friday, April 26Nepali News Portal

लिदिको पहिरोमा बेपत्ता भएका मध्ये ३२ जनाको शव भेटियो

    मा प्रकाशित

कनिका खबर
भदौं ६, सिन्धुपाल्चोक
नौ दिन अघि सिन्धुपाल्चोकको जुगल गाउँपालिका दुइ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएका मध्ये आज थप दुइको शव फेला परेको छ । आज एक महिला र एक बालीकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । आज ३५ वर्षियि सानुकान्छि दोङ र४ वर्षिया करीश्मा दोङको शव फेला परेको काफ्लेले जानकारी दिनुभयो । यससँगै पहिरोमा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । ७ जना अझै बेपत्ता छन् । हालसम्म शव फेला परेकामध्ये १६ पुरूष र १६ महिला छन् । तीमध्ये १५ बालबालिका मात्रै छन् । बेपत्ताको सशस्त्रका निरीक्षक श्रेष्ठ, नेपाल प्रहरीका निरीक्षक हरि भट्टराई तथा सेनाका क्याप्टेन शैलेन्द्र बिष्टको नेतृत्व खोजी भइरहेको छ । यसैबीच, लिदी पहिरोका विस्थापितहरुलाई स्थानान्तरण कार्य थालिएको छ । जुगल गाउँपालिकाकै वडा नं १ सेलाङको बाँसखर्कमा सार्ने तयारी भएको हो । हाल पहिलो चरणमा सबैलाई टेन्टमा राख्ने गरि तयारी भइरहेको गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले बताउनु भयो । सबै परिवारलाई टेन्टमा राख्ने गरि आवश्यक सामाग्री आज ढुवानी गरिएको छ ।

वस्ती स्थानान्तरणका लागि विभिन्न जिम्मेवारी छुट्याइएको छ । जसअनुसार जिल्ला विपल व्यवस्थापन समितिले आवस्यक टेन्ट उपलब्ध गराउने निर्णय बमोजिम आजै ९८ थान टेन्ट गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । जुगल गाउँपालिका कार्यालयले बाँसखर्कमा रहेको खुल्ला क्षेत्रमा जग्गा सम्याउने, शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्नेछ । जिल्ला आयोजना कार्यान्वयन इकाइले आवास व्यवस्थापन र डिभिजन खानेपानी कार्यालयले खानेपानीको व्यवस्थापन मिलाउने छ भने जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने छ । रेडक्रसले शौचालय व्यवस्थापनको जिम्मा लिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्