मा प्रकाशित
कनिका खबर
भदौं ६, चितवन
चितवन राष्ट्रिय निकुञ्जमा एक गैंडा मृत अवस्था फेला परेको छ । निकुञ्ज अन्तर्गत राप्ती दुन सामुदायीक वनमा गैंडा मृतावस्थामा फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्दाजी ५–६ बर्षको पोथी गैडा मृत अवस्थामा भेटिएको हो । गैंडा घोलको दलदलमा फसेर मरेको निकुञ्जले जनाएको छ ।


