हापुरेमा माता मनकामना पोलिक्लिनिकद्वारा सेवा सञ्चालन – Kanika Khabar
Sunday, July 19Nepali News Portal

हापुरेमा माता मनकामना पोलिक्लिनिकद्वारा सेवा सञ्चालन

    मा प्रकाशित

कनिका खबर
दाङ, ६ भदौ ।

दाङको हापुरेमा शनिबारदेखि माता मनकामना पोलिक्लिनिक प्रालिले सेवा सञ्चालन गरेको छ । औपचारिक कार्यक्रमको आयोजना गरी पोलिक्लिनिकले सेवा सञ्चालन गरेको हो ।

माता मनकामना पोलिक्लिनिकको बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले रिबन काटेर सेवा सञ्चालन गरेका हुन । हापुरे क्षेत्रमा रहेका नागरिकले सामान्य क्लिनिकमा स्वास्थ्य जाँच तथा औषधी सेवन गर्दै आएका छन् ।

सेवाको सुभारम्भ गर्दै अध्यक्ष पौडेलले स्वास्थ्य सेवा निकै जटिल क्षेत्र रहेको भन्दै पालिकाका तर्फबाट पोलिक्लिनिकसंग सहकार्य गर्न तयार रहेको बताएका थिए । प्रदेश सरकारका तर्फबाट हापुरेमा स्तरिय स्वास्थ्य सस्था सञ्चालनको तयारी रहेको जानकारी गराउँदै हंसपुर क्षेत्रमा पनि संघीय सरकारका तर्फबाट १५ सैयाको हस्पीटल सञ्चालनको प्रक्रियामा रहेको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी गराएका थिए ।

निजी क्षेत्रले पनि हापुरेमा लगानी गर्न खोजीरहेको भन्दै लगानीको सुरक्षा राज्यले गर्ने प्रतिबद्धता व्यक्त गरे । यसक्षेत्रमा लगानीको आबश्यकता रहेको भन्दै निर्धक्क भएर लगानी गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिपुल पोख्रेलले हापुरे क्षेत्रलाई सबैले भौगोलिक रुपमा ठगीएको स्थानका रुपमा चित्रण गरिदै आएको बताउँदै अब बिकासका रुपमा यसक्षेत्रलाई राज्यका हरेक क्षेत्रले समान रुपमा हेर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा नेकपाका प्रदेश सदस्य भिमबहादुर ओली, नेपाली काँग्रेसका इकाइ सभापति बलबहादुर बुढाक्षेत्री, हापुरे उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानप्रसाद आइतबारेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पोलिक्लिनिकका सञ्चालक किशोर गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण भीम मरासिनीले गरेका थिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्