छुट्टाछुटै दुर्घटनामा १४ जना घाइते – Kanika Khabar
Friday, March 29Nepali News Portal

छुट्टाछुटै दुर्घटनामा १४ जना घाइते

    मा प्रकाशित

कनिका खबर
दाङ,६ भदौ ।

दाङमा छुट्टाछुटै चार दुर्घटनामा १४ जना घाइते भएका छन् ।

शुक्रवार देउखुरीको राप्ती गाउँपालिका वडा नं. २ बह्राखुट्टीस्थित पुर्व–पश्चिम राज मार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ७९ प १९९८ नम्वरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको ना ६ त ६०२९ नं.को ट्याक्टरमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका २ निवासी ४० बर्षीय बालकृष्ण चौधरीको बायाँ घुडा र बायाँ हातमा चोट लागेको र मोटरसाईका सवार सोही ठाउँ निवासी ३७ बर्षीय सञ्जु चौधरीको दाहीने खुट्टामा चोट लागेको ५ नव्र प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् ।

उनका अनुसार घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भई रहेको छ । दुर्घटनामा संलग्न ट्याक्टर चालकसहित ट्याक्टर र मोटरसाईकलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय भालुवाङबाट थप अनुसन्धान भईरहेको उनले जानकारी दिएका छन् ।

त्यसैगरी शुक्रवार नै दिउँसो तुलसीपुरमा मोटरसाइकलले एक व्यक्तिलाई ठक्कर दिदा दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका ८ दुधेनास्थित तुलसीपुरदेखी पश्चिमतर्फ जाँदै गरेको रा १प ८५४५ नं.को मोटरसाइकले नामथर वतन नखुलेको अन्दाजी .५०÷५५ बर्षका एक पुरूष ब्यक्तिलाई ठक्कर दिँदा टाउकोमा चोट लागेको प्रहरी बरिष्ठ उपरिक्षक बैदवारले जानकारी दिएका छन् ।

गम्भीर अवस्थामा रहेका उनको नाम खुल्न सकेको छैन । सोही दुर्घटनामा मोटरसाइकलको पछाडी सवार दंगीशरण गाउँपालिका– ४ बैवाङ निवासी २२ बर्षीय सुनिल खड्का समेत घाइते भएका छन् ।

उनको निधार र हात खुट्टामा चोट लागेको छ । दुबै घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचार पश्चार नर्सिङहोम नेपालगंज बाँकेमा थप उपउचारका लागि रिफर गरिएको प्रहरी बरिष्ठ उपरिक्षक बैदवारले जानकारी दिएका छन् । २३ बर्षीय मोटरसाइकल चालक दंगिशरण गाउँपालिका ४ बैवाङ निवासी टिकाराम रावत फरार रहेको र उनको खोजतलासको काम भैरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी तुलसीपुरमा भएको अर्काे सवारी दुर्घटनामा ६ जना घाइते भएका छन । तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिर स्थित दोधरेबाट शान्तिनगरतर्फ जाँदै गरेको रा १ ह ३३२२ नम्वरको अटो आफै अनियन्त्रित भई पल्टिदा ६ जना घाइते भएका हुन । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचार पश्चात मेडिकल कलेज कोहलपुर बाँके रिफर गरिएको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी २२ बर्षीय राधिका नेपालीको टाउको र दाया खुट्टामा, सोही ठाउँ निवासी १९ बर्षीया संगिता नेपालीको कम्मरमा, सोही ठाउँ निवासी २६ बर्षीया सुमन श्रेष्ठको बायाँ गालामा, तुलसीपुर उपमहानगरपालिका–.५ निवासी २० बर्षीय राजन नेपाली टाउकोमा, सोही ठाउँ निवासी ३४ बर्षीय राजेश नेपाली दुबै हातमा चोट र शान्तिनगर गाउँपालिका–४ निवासी १६ बर्षीय सुजन नेपाली टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

घाइते मध्य राधिका नेपाली, संगीता नेपाली र सुजन नेपाली उपचारपछि कोहलपुर मेडिकल कलेजबाट डिस्चार्ज भएका छ नभने अन्य घाइतेहरुको उपचार भैरहेको छ । घट्नापछि अटो र चालकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट थप अनुसन्धान भई रहेको बैदवारले जानकारी दिए । प्रहरीका अनुसार शुक्रवार भएको अर्काे सवारी दुर्घटनामा थप चार जना समेत घाइत्े भएका छन् ।

शुक्रवार साझ लमही नगरपालिका–१ कौडिया स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको रा ५ प ६३७१ नंम्वरको मोटरसाईकल र बिपरीत दिशाबाट जादै गरेको रा ३ प ५७९१ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा चार जना घाइते भएका हुन ।

दुर्घटनामा रा ५ प ६३७१ नम्वरको मोटरसाइकल चालक लमही नगरपालिका–१ निवासी २६ बर्षीय माधव आचार्य, सोही ठाउँ निवासी मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३१ बर्षीय बालानन्द आचार्य, रा ३ प ५७९१ नंम्वरको मोटरसाइकल चालक कपिलबस्तु जिल्ला बुद्धभुमि नगरपालिका–२ निवासी २३ बर्षीय केशव खनाल र सोही मोटरसाइकलमा पछाडी सवार घोराही उपमहानगरपालिका–११ निवासी २२ बर्षीय आशा पुनमगर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु चारै जनाको लमहीमा रहेको फोलोरेन्स अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुबै मोटरसाइकल अस्थायी प्रहरी पोष्ट नर्तिको नियन्त्रणमा रहेका छन भने घट्ना बारे जिल्ला प्रहरी कार्यालय दाङबाट थप अनुसन्धान भई रहेको ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्