राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले २०७२ सालको भूकम्पछिको विषयमा परिसंवाद गर्ने – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले २०७२ सालको भूकम्पछिको विषयमा परिसंवाद गर्ने

    मा प्रकाशित

कनिका खबर
भदौं ७, काठमाडौं
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले २०७२ साल वैशाखको भूकम्पपछि पाँच वर्षमा पुनर्निर्माण र पुनस्थापनाका क्रममा प्राप्त अनुभव, सफल अभ्यास एवम् सिकाइ आदानप्रदान गर्न राष्ट्रिय परिसंवाद कार्यक्रम गर्ने भएको छ । भूकम्पपछिको पुर्ननिर्माण र पुर्नस्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाई र अनुभव अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तथा अभिलेखीकरण गर्ने उद्देश्यले आगामी नोभेम्बरमा काठमाडौँमा प्राधिकरणले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । त्यसकै तयारी स्वरुप भोलिदेखि चार दिसम्म भर्चुअल माध्यमबाट परिसंवाद कार्यक्रम आयोजना गर्न लागिएको सम्मेलनका संयोजक डाक्टर चन्द्रबहादुर श्रेष्ठले सीआईएनसँग बताउनुभयो ।

परिसंवादमा पुर्ननिर्माण र पुर्नस्थापनाका ६ वटा विषयगत क्षेत्र ः निजी आवास पुनर्निर्माण, सार्वजनिक एवम् सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, जीविकोपार्जन, उद्दार तथा राहत एवम् सुशासनबारे छलफल हुनेछ । परिसंवादमा ६० वटा शोधपत्र प्रस्तुत हुने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी हुन चाहनेले अनलाइन दर्ता प्रक्रियामार्फत् भाग लिन सक्ने प्राधिकरणले जनाएको छ । त्यसका लागि सचिवालयको इमेल ठेगानामार्फत् सम्पर्क गर्न सकिनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्