भक्तपुरमा थप ५० जनामा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

भक्तपुरमा थप ५० जनामा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौं ७, भक्तपुर
भक्तपुरमा एकैदिन ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बल गुहेश्वरी गण दुवाकोटका २० प्रहरीसहित भक्तपुरमा हिजो ५० जनामा कोरोना सङ्क्रमण भेटिएको हो । जसमध्ये चाँगुनारायण नगरपालिका अन्तर्गत सशस्त्र प्रहरीको गुहेश्वरी गणका २० जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो । प्रमुख मिजारका अनुसार मध्यपुर थिमिका पन्ध्र जना, भक्तपुर नगरपालिकाका ८ जना, सूर्यविनायक नगरपालिकाका पाँच जना गरी कुल ४८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै आइसोलेसनमा बसेको दुई जनाको पुनः परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको र संख्या पचास पुगेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्