सिन्धुलीमा ७२ वर्षका वृद्धलाई यातना दिने ६ जना पक्राउ – Kanika Khabar
Friday, March 29Nepali News Portal

सिन्धुलीमा ७२ वर्षका वृद्धलाई यातना दिने ६ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौं ७, सिन्धुली
सिन्धुलीमा ७२ वर्षका एक वृद्धलाई बन्धक बनाई यातना दिने ६ जना पक्राउ परेका छन् । हरिहरपुरगढि गाउँपालिका वडा नं ५ हात्तिदमार धुलौटा का ७२ वर्षका वृद्ध लक्षुमान बम्जनलाई गत शुक्रवार सोहि स्थानका एक परिवारका ७ जनाले बोक्साको आरोप लगााएर ४ घण्टासम्म बन्धक बनाई राखेर कुटपिट तथा यातना दिएका थिए । यातना दिने मध्येमा वडा नम्बर ५ हात्तिदमार धुलौटाकै आमा फुलमाया वाईबा, छोरिहरु हरिमाया वाइबा र रोजिना वाइबा, छोराहरु टासिङ वाइबा, शुक्रबहादुर वाइबा, सुरेन्द्र वाइबा र लाल बहादुर बाइवा रहेका छन् ।

पीडित बम्जनले नै उजुरि दिएको आधारमा आमा सहित ३ छोरा र २ जना छोरिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख रञ्जु सिग्देलले बताउनुभयो । अरु आरोपितहरु भने फरार रहेका छन् र उनीहरुको खोजी भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्