विश्वकै सबैभन्दा बढी उमेरका व्यक्तिको निधन – Kanika Khabar
Sunday, July 19Nepali News Portal

विश्वकै सबैभन्दा बढी उमेरका व्यक्तिको निधन

    मा प्रकाशित

एजेन्सी
भदौ ७, दाङ ।


विश्वकै सबैभन्दा बढी उमेरका व्यक्ति भनिएका दक्षिण अफ्रिकाका वृद्धको ११६ वर्षको उमेरमा निधन भएको छ। फ्रेडी ब्लेम नाम गरेका व्यक्तिको आधिकारिक कागजातमा उनको जन्म सन् १९०४ को मे ८ मा भएको देखाउँछ ।

तर उनले बढी उमेर बाँच्ने व्यक्तिका रुपमा गिनिज बुकमा नाम भने लेखाएका छैनन् । फ्रेडी किशोर हुँदा उनको परिवारका सबै सदस्य सन् १९१८ को स्पेनिस फ्लूका कारण निधन भयो । उनी दुईवटा विश्वयुद्धमा जीवित रहन सके ।

सन् २०१८ मा बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले आफ्नो दीर्घ जीवनको कुनै विशेष राज नरहेको बताएका थिए । उनको केप टाउनस्थित घरमै शनिबार निधन भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्