दरबन्दीका कर्मचारी नहुँदा समस्या – Kanika Khabar
Monday, October 12Nepali News Portal

दरबन्दीका कर्मचारी नहुँदा समस्या

    मा प्रकाशित

बाबुराम श्रेष्ठ
भदौ ५, धादिङ ।
धादिङ अस्पताल परिसर पछाडि रहेको मातृशिशु स्वास्थ्य सेवा क्लिनिकमा दरबन्दीका कर्मचारी नहुँदा समस्या उत्पन्न भएको छ । क्लिनकमा दरबन्दीका कर्मचारीको अभाव र व्यवस्थापनको अभावका कारण बालबालिकामा लगाईने विभिन्न प्रकारका खोप, गर्भवती महिलालाई लगाइने सम्पुर्ण सेवाहरु प्रभावित भएको हो ।

पहिले जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा कर्मचारी ब्यवस्थापन हुदै आएको र अहिले संघीय ढाँचा अनुरुप कर्मचारीहरु समायोजन पछि मातृ शिशु स्वास्थ्य सेवा क्लिनकमा कर्मचारीको दरवन्दि नै कटौती गरेको जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी दिए । पहिले स्वास्थ्य कार्यालय धादिङका कर्मचारीले मिश्रा सिलवालले मातृ शिशु स्वास्थ्य सेवा क्लिनकको जिम्मा दिएको थियो, तर उनी कर्मचारी समायोजनपछि नीलकण्ठ नगरपालिकामा सरुवा भएपछि अहिले धेरै समस्या डाक्टर भुवन पौडेलले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्