काठमाडौं उपत्यकामा आजदेखि बिहान ९ः१५ बजेसम्म मात्र पसल खोल्न पाइने – Kanika Khabar
Tuesday, July 28Nepali News Portal

काठमाडौं उपत्यकामा आजदेखि बिहान ९ः१५ बजेसम्म मात्र पसल खोल्न पाइने

    मा प्रकाशित

कनिका खबर
भदौ ८, काठमाडौँ ।
काठमाडौं, भक्तपुर र ललितपुरमा खाद्यान्न तथा तरकारी पसल आजदेखि बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने भएको छ । दिनभर नागरिक तरकारी र खाद्यान्न किन्न भन्दै निस्किन थालेपछि यो निर्णय भएको हो । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले यो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
काठमाडौं उपत्यकामा समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्रयाक्ट ट्रेसिङ गरी जाँचको दायरा बढाउने भएको छ । आज नगरपालिका फोरमका पदाधिकारीको बैठकमा यसबारे छलफल भएको हो । निषेधाज्ञाको अवधीलाई पूर्ण सदुपयोग गरी कन्ट्रयाक्ट ट्रेसिङका आधारमा परीक्षणको दायरालाई फराकिलो बनाउने निर्णय गरेको नगरपालिका फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सीआईएनसँग बताए । आज नगरपालिका फोरमको बैठकबाट कुन पालिकामा, कहिले, कुन क्षेत्रमा, कति जनाको कन्ट्राक्ट ट्रेसिङ र परीक्षण गर्ने भन्ने निर्णय गरी तालिका नै बनाएर अघि बढ्ने उनले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्