च्याम्पियन्स लिग फुटबलको उपाधि बायर्न म्युनिखलाई – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

च्याम्पियन्स लिग फुटबलको उपाधि बायर्न म्युनिखलाई

    मा प्रकाशित

कनिका खबर
भदौ ८, दाङ ।
जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी लाई १–० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो । स्टुडियो डाक्टर लुज रंगशालामा बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले कोमानले निर्णायक गोल गर्नुभयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले निर्णायक गोल गर्नुभएको थियो । यससँगै बायर्नले छैटौं पटक पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । पीएसजी भने पहिलो पटक फाइनल पुगेर पनि च्याम्पियन्स लिगको उपाधि जित्न असफल भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्