रुकुम पश्चिमको एक सरकारी कार्यालयमा ९ जना सङ्क्रमित – Kanika Khabar
Sunday, October 11Nepali News Portal

रुकुम पश्चिमको एक सरकारी कार्यालयमा ९ जना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
भदौ ८, दाङ ।
रुकुम पश्चिमको एक सरकारी कार्यालयमा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक सरकारी कार्यालयका प्रमुखको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा थप ९ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

साउन २८ गते बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम गएका ती कार्यालय प्रमुखको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जनाएको छ ।
रुकुम पश्चिममा हिजो सोमबार मात्रै १८ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये १० जना सरकारकी कार्यालयका कर्मचारी, तीन जना सुरक्षाकर्मी, दुई जना भारतबाट आएका र तीन जना सानीभेरी गाउँपालिकाका वासिन्दा रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्