भीडभाड नहुने गरी सेवा दिन बंैकहरुलाई राष्ट्रबैंकको निर्देशन – Kanika Khabar
Monday, July 27Nepali News Portal

भीडभाड नहुने गरी सेवा दिन बंैकहरुलाई राष्ट्रबैंकको निर्देशन

    मा प्रकाशित

कनिका खबर
भदौं ८, काठमाडौं
नेपाल राष्ट्र बैंकले बैंहरुलाई भीडभाड नहुने गरी सेवा दिन निर्देशन दिएको छ । सीमित शाखा मात्रै खुला हुँदा बैंकमा निकै भीडभाड देखेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले आइतबार उपत्यकाका विभिन्न स्थानमा खुलेका बैंक तथा वित्तीय संस्थामा स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा बैंकहरुमा भीडभाड निकै देखिएको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताउनुभयो । राष्ट्र बैंकले सुरुमा प्रति बैंक ८ वटा शाखा खोल्न अनुमति दिएको भए पनि प्रशासनको अवरोध पछि बैंकहरुले एउटा बैंकका ४ वटा शाखा मात्रै खोल्नेगरी सहमति गरेका थिए । राष्ट्र बैंकले अहिले ५० भन्दा बढी कर्मचारी नबढ्ने गरी सम्भव भएसम्म धेरै शाखा खोल्न भनेको छ । राष्ट्र बैंकको तयारीपछि बैंकहरुले आजदेखि थप शाखाहरु खोल्न थालेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्