कनिका खबर
भदौं ८, म्याग्दी
राष्ट्रिय गौरवको आयोजना अन्तरगतको बेनी–जोमसोम करिब सडक ३४ दिनपछी सञ्चालनमा आएको छ । बेनी—जोमसोम जोड्ने ७६ किमी सडकमा पर्ने काभ्रे भीरमा एकतर्फी सडक बनेपछी कालिगण्डकी करिडोरको निर्माणाधीन बेनी जोमसोम सडक सोमबारबाट सिधा सञ्चालनमा आएको हो । अविरल वर्षाका कारण गत असार २५ गते देखीे बेनी—जोमसोम सडकको दर्जनौं स्थानमा बाढीरपहिरो र नदी कटानले सडकमा सिधा सवारी अवरुद्ध भएको थियो । बर्षाले बेनी—जोमसोम जोड्ने सडक अन्र्तगत म्याग्दीको बेनी गलेश्वरको मोटरेबल पुल, अन्नपूर्ण गापाको तातोपानी, दाना र रुप्से झरना र मुस्ताङको थासाङ गापा—४ को लेते खोला, कैकु, घासा र घोप्टे ओढारमा बाढी पहिरोले सिधा सवारी अवरुद्ध गराएको थियो ।
करिडोर सडकका सवइन्जिनियर किरण घिमिरेले दिएको जानकारी अनुसार म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र काभ्रेभीरको तुरतुरे धाराको अग्लो पहाडमा विस्तार भएको सडकमा सुख्खा पहिरो जाँदा त्यहाँ करिब ७० मिटर सडक संरचना भासिएका कारण सडक सञ्चालनमा समस्या आएको थियो । बेनी—जोमसोम सडकको सिधा यातायात सञ्चालन गर्न म्याग्दीको रुप्सेमा करिब २ सय मिटर सडक डाइभर्सन निर्माण गरी एकतर्फी सडक सूचारु गरेको सबइन्जिनियर घिमिरेले बताउनुभयो । बर्सेनि राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकको म्याग्दी खण्ड र मुस्ताङको थासाङ खण्डमा कमजोर भूबनोवटका कारण बाढी÷पहिरो र नदी कटानले सडक अवरुद्ध हुने गरेको बेनी जोमसोमको सडक निमार्णको जिम्मा शर्मा गजुरमुखी निर्माण कम्पनीले जनाएको छ । बेनी—जोमसोम सडकमा लगातार एक महिना लामो सडक अवरुद्धले मुस्ताङमा खाद्यान्न, पेट्रोलियम पदार्थ र निर्माण सामग्री ढुवानीमा समस्या परेको थियो ।