५४ प्रतिशत जिल्लाको पुजिगत रकम फ्रिज – Kanika Khabar
Friday, April 18Nepali News Portal

५४ प्रतिशत जिल्लाको पुजिगत रकम फ्रिज

    मा प्रकाशित

कनिका खबर
भदौं ८, मुगु
आर्थिक वर्ष २०७६÷०७७ मा मुगुमा आएको पुजिगत रकम ५४ प्रतिशत फिर्ता भएको पाईएको छ । जिल्लाको विकासका लागि आएको १७ करोड ५९ लाख ९१ हजार पुजिगत बजेटबाट ८ करोड ६१ लाख ८ सय १७ रुपैयाँ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुले जनाएको छ ।

जिल्लामा आएको पुजिगत रकमबाट ९ करोड ५३ लाख ८० हजार १ सय ८३ रुपैयाँ फिर्ता भएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७६÷ ०७७ मा प्रदेश कार्यालयहरु तर्फ आएको चालु बजेट २ अरब ६ करोड ३३ लाख २ हजार २ सय ४३ रुपैया बाट १ अरव ९२ करोड ५९ लाख ८७ हजार २ सय ५ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुका कार्यालय प्रमुख नन्दराम कडेंलले जानकारी दिनु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्