आईसोलेशन वार्ड तोडफोड र चोरीको आरोपमा थप ४ जना पक्राउ – Kanika Khabar
Friday, April 19Nepali News Portal

आईसोलेशन वार्ड तोडफोड र चोरीको आरोपमा थप ४ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौं ८, संखुवासभा
संखुवासभाको खाँदबारी ७ हिमालय किरण पब्लीक क्याम्पसमा निर्माण गरिएको आईसोलेशन वार्ड तोडफोड र स्वास्थ्य सामग्री चोरीको आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरि अनुशन्धान अघि बढाएको छ । तोडफोडको नेतृत्व गरेको आरोपमा यसअघि नै क्याम्पस प्रमुख मात्रीका प्रसाद तिम्सीनालाई अदालतबाट ५ दिनको म्याद थप गरि अनुशन्धान भैरहेको अवस्थामा आईतबार थप ४ जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ पर्नेहरु तोडफोडको घटनामा संलग्न भएनभएको बारेमा थप अनुशन्धान पछि मात्र स्पष्ट हुन सकिने प्रहरीको भनाई छ । सरकारले गत श्रावण २५ गते सरकारी बिद्यालय सामुदायिक संघसंस्थाबाट क्वारेण्टाईन र आईसोलेशन हटाउने निर्णय गरेपनि स्थानीय सरकारले त्यसको कार्यान्वयन नगरेको भन्दै स्थानीय बासिन्दा र आरोपितहरुले क्याम्पसमा निर्माण गरिएको आईसोलेशनमा कोरोना सङ्क्रमितलाई राख्न नहुने भन्दै बिरोध जनाएका थिए । स्थानीयको बिरोधका बिच जिल्ला विपद् ब्यवस्थापन समितिको निर्णयले तत्काललाई उक्त क्याम्पसमा निर्माण गरिएको आईसोलेशन नै प्रयोग गर्ने गरि ४ जना कोरोना सङ्क्रमितलाई उपचार गराईरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्