लुकिछिपी बसेका १० जनाकाे काेराेना रिपोर्ट नेगेटिभ – Kanika Khabar
Friday, April 26Nepali News Portal

लुकिछिपी बसेका १० जनाकाे काेराेना रिपोर्ट नेगेटिभ

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख २०, दाङ ।

दाङमा लुकिछिपी बसेका १० जना भारतीय कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । बेलझुण्डि कोरोना अस्पतालले १० जनाको स्वाब परिक्षणका लागि आइतबार बेलुका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो ।

घोराही १४ बाट २ जना र बाँकी तुलसीपुरका विभिन्न स्थानबाट ८ जना गरेर १० जनाकाे कोरोना परीक्षण गरिएको थियो । प्रतिष्ठानमा पिसिआर मेसिनबाट कोरोना परीक्षण सुरु भएपछि एक पटकमा ९६ जनाको परीक्षण गर्न सकिने क्षमता रहेको छ । अहिले १० जनालाई नै घोराहीको कुइरेपानीको क्वारेन्टाइनमा राखिएको छ। भारतबाट फागुनमा नेपाल आएको बताउने उनीहरुले आफूलाई घुमन्ते व्यापारी रहेको बताएका थिए ।

यसैबिच सोमबार घोराहीको १४ मिलनचोक सिद्धार्थ टाेलमा बस्ने ६ जनाकाेलपनि स्वाब परीक्षणका लागि प्रतिष्ठानमा ल्याइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्