भेरी नगरपालिकाका दुई वडामा निषेधाज्ञा लागू हुने – Kanika Khabar
Monday, July 27Nepali News Portal

भेरी नगरपालिकाका दुई वडामा निषेधाज्ञा लागू हुने

    मा प्रकाशित

कनिका खबर
भदौं ८, जाजरकोट
जाजरकोट सदरमुकाम खलङ्गामा एकै दिन १९ जना कोरोना संक्रमण पुष्टी भएपछि भेरी नगरापलिकाका वडा नम्बर ३ र वडा नम्बर ४ मा आज रातिबाट १ साताका लागि निषेधाज्ञा लागू हुने भएको छ । आइतबार बसेको कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले आज राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । सुरक्षाकर्मी, कर्मचारी र समुदायका केही व्यक्तिमा सङ्क्रमण देखिएपछि निषेधाज्ञा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनु भयो ।

रुकुमको चौरजहारी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट आइतबार १९ जनामा सङ्क्रमण पुष्टि भएको हो । २० जनामा परीक्षण गर्दा १९ जनाको सङ्क्रमण पुष्टि भएको भेरी नगरपालिकाको स्वास्थ्य शाखा संयोजक निशा थापाले जानकारी दिनु भयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्