बारा जिल्लामा एकैदिन ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Tuesday, August 25Nepali News Portal

बारा जिल्लामा एकैदिन ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौं ९, बारा
बारामा हिजो एकैदिन ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण देखिएकाहरुमा कलैया नगरपालिकाका ७३ जना र नेपाल आयल निगम प्रादेशिक डिपो कार्यालय अमलेखगन्जमा कार्यरत नौ कर्मचारी रहेका छन् । निगमको प्रशासन र सरसफाई गर्ने कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको डिपो प्रमुख भरत रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल आयल निगम वीरगञ्ज र अमलेखगन्जका गरी सङ्क्रमण देखिएका कर्मचारीमा सातजना स्थानीय ट्याङ्कर चालक रहेका छन् ।

निगमले शनिबार कर्मचारी र केही ट्याङ्कर चालकको स्वाब सङ्कलन गरी वीरगञ्जस्थित नारायणी अस्पताल पठाएको थियो । कलैयामा भने एक वडा अध्यक्षसहित अन्य सर्वसाधारण रहेका छन् । सङ्क्रमितहरू केहीलाई होम आइसोलेसन र केहीलाई गंगापुरमा रहेको कोरोना अस्पतालमा राखिने बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्