नेपालगन्जमा उच्च सतर्कता : नेपालगञ्ज भोलिदेखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेपालगन्जमा उच्च सतर्कता : नेपालगञ्ज भोलिदेखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा

    मा प्रकाशित

कनिका संवादददाता

बैशाख, २२ बाँके ।

नेपालगञ्जमा कोरोना सङ्क्रमणको जोखिम बढेसँगै बाँकेमा उच्च सतर्कता अपनाइदै बैशाख २५ गते सम्मका लागि नेपालगञ्ज क्षेत्रभित्र निषेधाज्ञा जारी गरीएको छ । नेपालगञ्जमा आइतबार थप कोरोना सङ्क्रमित देखिएसँगै सिङ्गो जिल्लाको सुरक्षा व्यवस्था कडा पारेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।

स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिकाको डिएसपी रोड, महेन्द्र पार्क, धम्बोझी र एकलैनी क्षेत्रलाई यसअघि नै पूर्णरुपमा सिल गरिसकेको छ । उहाँका अनुसार सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचानका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी ‘कन्ट्रयाकट ट्रेसिङ’मा जुटेको छन् । प्रजिअ खड्काले भने ,‘उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर थप कदमका बारेमा निर्णय लिइन्छ ।’ उनले कोरोना सङ्क्रमणको जोखिम हुन नदिन उच्च सावधानी अपनाउन र लकडाउनको पूर्ण पालना गर्न सबैमा अपिल गर्नुभएको छ ।

लकडाउनको ३८ औँ दिन यहाँ सङ्क्रमण देखिएको थियो ।

नेपालगन्जको अन्सारी मस्जिदका मोअज्जीनमा पहिलो पटक सङ्क्रमण पुष्टि भएको हो । मोअज्जीनलाई कोरोना देखिएपछि पूरै टोललाई सिल गरेर गत शनिबार ९० जनाको स्वाब सङ्कलन गरिएको थियो । तीमध्ये थप १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । कोरोना सङ्क्रमित सबै उनकै टोलका बासिन्दा हुन् । सबैको आइसोलेसनमा राखेर उपचार भइरहेको आइसोलेसन अस्पताल खजुराका प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।

आइसोलेसन सेन्टर रहेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा सङ्क्रमित भर्ना भएसँगै खजुरा गाउँपालिकाले पनि उच्च सतर्कता अपनाएको छ । सङ्क्रमितको सङ्ख्या बढेसँगै गाउँपालिकाले सोमबार बिहान ६ बजेदेखि लागु हुने गरी पूरै पालिकालाई सिल गरेको छ । सङ्क्रमित थपिएसँगै उनीहरुलाई भेट्न आउने तथा अन्य गतिविधिका कारण जोखिम बढ्न सक्ने भन्दै पूरै पालिका सिल गरिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

गएको शुक्रबार एक जना र आइतबार १५ जना सङ्क्रमित पुष्टि भएका १६ जनाको खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसन राखेर उपचार भइरहेको छ । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका कारोना स्थानीय स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

पहिलो सङ्क्रमितको एकाघरको परिवारका दुई जनासहित ३५ जनाको अझै रिपोर्ट आएको छैन । आइतबार साँझसम्म ५५ जनाको रिपोर्ट आएको छ । नेपालगञ्जमा एकाएक सङ्क्रमितको सङ्ख्या बढेपछि खजुरा गाउँपालिकासँगै अन्य स्थानीय तह पनि पूर्णरुपमा सिल गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्