कोरोरोना सङ्क्रमणका कारण थप तीनजनाको मृत्यु – Kanika Khabar
Thursday, April 18Nepali News Portal

कोरोरोना सङ्क्रमणका कारण थप तीनजनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं १०, काठमाडौं
कोरोरोना सङ्क्रमण ( कोभिड १९) कारण मृत्यु हुने क्रम बढेको छ । गएराती थप तीनजनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना, बिराटनगरमा एक जना र बाँकैमा अर्का एकजनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण ५४ बर्षका बर्षका पुरुषको गएराति पाटन अस्पतालका उपचारका क्रममा मृत्यु भएको छ । उहाँको गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत भइरहेको अस्पताले जनाएको छ । बाँकेमा पनि थप एकजना कोरोना सङक्रमणका कारण मृत्यु भएको छ । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ बर्षका पुरुषको मृत्यु भएको हो । दुवै फोक्सोमा निमोनियाको समस्या भएका उहाँलाई भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । भर्ना गरिएपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

नेपालगन्ज मेडिकल कलेजमा उपचाररत उनको स्वास्थ्य अवस्था जटिल बनेपछि कोहलपुर मेडिकल कलेजमा सारेर भेन्टिलेटरको सहायतामा उपचार भइरहेके अवस्थामा गएराति साढे एक बजे मृत्यु भएको अस्प्तालले जनाएको छ । विराटनगर महानगरपालिका–११ मा बस्दै आउनु भएका एक महिलाको पनि मृत्यु भएको छ । कोरोना भाइरसको सङक्रमणका कारण गएराति ४४ बर्षका महिलाको मृत्यु भएको हो । मोरङको टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा रातिती महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमणका कारण आजसम्म मंगलबार १ सय ६८ जनाको मृत्यु भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्