भदौ १७ गते मध्यरातिसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस – Kanika Khabar
Saturday, August 15Nepali News Portal

भदौ १७ गते मध्यरातिसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस

    मा प्रकाशित

कनिका खबर
भदौं १०, काठमाडौं
उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहभागी बैठकले यस्तो सिफारिस गरेको हो ।

सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरेको काठमाण्डौका सहायक प्रमुुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुुभयो । त्यसको निर्णय गर्न आज बिहान बैठक बोलाइएको उहाँले जानकारी दिनुभयो । यसअघि भदौ तीन गतेदेखि भोलिसम्मका लागि तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्