लिदी पहिरो पीडितको कोरोना परिक्षण हुने – Kanika Khabar
Monday, April 21Nepali News Portal

लिदी पहिरो पीडितको कोरोना परिक्षण हुने

    मा प्रकाशित

कनिका खबर
भदौं १०, सिन्धुपाल्चोक
जुगल गाउँपालिका २ लिदीमा गएको पहिरो पीडितको कोरोना परिक्षण हुने भएको छ। लिदीबाट बाँसखर्क स्थानान्तरणको क्रममा केही व्यक्तिको कोरोना परिक्षण गर्न लागेको हो । अस्थायी बसोवासका लागि बाँसखर्क स्थानान्तरण भएका १७२ परिवारको केही व्यक्तिको कोरोना परिक्षण गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताउनुभयो ।

लिदीमा गएको पहिरामा परि ३३ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता भएका छन्। बेपत्ताको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ । आजै सभामुख अग्नि सापकोटा सहितको टोली बाँसखर्क पुग्ने भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्