जवरजस्ती करणी मुद्दाको फरार अरोपी प्रकाउ – Kanika Khabar
Sunday, October 25Nepali News Portal

जवरजस्ती करणी मुद्दाको फरार अरोपी प्रकाउ

    मा प्रकाशित

कनिका खबर
भदौ १, दाङ  ।
जवरजस्ती करणी गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती गाउँ पालिका वडा नं. ३ बस्ने बर्ष २६ का सन्दिप चौधरी रहेका छन् । उनलाई सर्वोच्च अदालतवाट मिति २०७३ भदौ २७ गते सामुहिक जबरजस्ति करणी मुद्दा फैसला भई १० वर्ष ३ महिना १९ दिन कैद सजाय तोकिएको थियो ।

जवरजस्ती करणी गरेर फरार रहेका सन्दिप चौधरीलाई खोजतलास गर्दै जाँदा मिति २०७७ भदौ ९ गते बेलुका साढे चार बजे राप्ती गाउँ पालिका वडा नं.३ मसुरियामा लुकिछिपी हिँडिरहेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।  पक्राउ परेका चौधरीलाई कारबाहीका लागि दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्