गौरापर्वको मुख्य दिन आज अठ्यावली मनाइदै, मुख्यमन्त्री भट्टको शुभकामना – Kanika Khabar
Friday, October 4Nepali News Portal

गौरापर्वको मुख्य दिन आज अठ्यावली मनाइदै, मुख्यमन्त्री भट्टको शुभकामना

    मा प्रकाशित

किनिका खबर
भदौं १०, धनगढि
सुदूरपश्चिममा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । गौरा पर्वको मुख्य दिन, आज अठ्यावली अर्थात् अष्टमी हो । यस दिन गौराको पूजाआजा गरी मनाइन्छ । सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व डडेल्धुरासहित दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ । अठ्यावली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ । हिजो अमुक्ताभरण सप्तमीका दिन गौराघरमा भित्र्याइएको गौरालाई आज ब्रतालु महिलाहरूले गौराखला (आँगन) मा लगेर पूजा गर्ने चलन छ । आजको दिनमा लौकिक मान्यता अनुसार गौराकी सौताका रूपमा ‘सञ्ज्या’ लाई ल्याउने गरिन्छ । ‘दूर्बा’ अर्थात् दुबोको पूजा गरिने हँुदा दूर्बाष्टमी भनिएको हो । अष्टमी र दुबो दुबै भगवतीका लागि प्रिय छन् । त्यसैले गौरापर्व मनाइने क्षेत्रमा आजको दिनको विशेष महत्व छ । यसका साथै तागाधारी पुरूषका लागि ऋषितर्पणी वा जनैपूर्णिमाको महत्व भए जस्तै तागाधारी नारी जातिका लागि आज विशेष महत्व छ । पबित्र धागोबाट निर्माण गरिएको ’दुबोधागो’ लाई बिधिपूर्वक अभिमन्त्रित गरी तागाधारी नारीहरूले आजकै दिन धारण गर्दछन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरापर्वको शुभकामना दिनुभएको छ । आज शुभकामना सन्देश सार्वजनिक गर्दै मुख्यमन्त्री भट्टले यस पर्वले आपसी सद्भाव, धार्मिक सहिष्णुता र एकता कायम गरोस भन्ने शुभकामना ब्यक्त गर्नुभएको हो । हाम्रो प्रदेश बहुजातीय, बहुसास्कृतिक विशेषताको अनुपम संगम स्थल हो । परापूर्वकालदेखि मनाउँदै आएको गौरापर्व यस प्रदेशको बिशिठ पहिचान समेत हो, उहाँले शुभकामना सन्देसमा लेख्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्