कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लामै स्नातकोत्तर पढाईका लागि अनुमति पायो – Kanika Khabar
Sunday, July 26Nepali News Portal

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लामै स्नातकोत्तर पढाईका लागि अनुमति पायो

    मा प्रकाशित

किनिका खबर
भदौं १०, जुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले लामो सङ्घर्ष र प्रयासपछि जुम्लामै स्नातकोत्तर (विशेषज्ञ डाक्टर) पढाईका लागि अनुमति पाएको छ । मङ्गलवार प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले साउन ३० गते अनुमति दिने भनी गरेको निर्णय प्रमाणीकरण भएसँगै जुम्लामै विशेषज्ञ डाक्टर पढाउने बाटो खुलेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लामै अब(एमडिजिपी जनरल प्राक्टिस,एमडि एनेष्थेसिया,एम डी पेड्रियाटिक्स) विधाका विशेषज्ञ डाक्टरको पढाई हुने भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका शिक्षाध्यक्ष डाक्टर निरेश थापाले बताउनु भएको छ ।

गत साउन ३० गते भएको निर्णयको प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमाणित भएपछि विशेषज्ञ डाक्टर पढाईको बाटो खुलेको हो । अब कर्णालीबाटै राज्यलाई विशेषज्ञ डाक्टर पठाउन सक्ने सामर्थ्य राख्ने राख्ने उहाँले जानकारी दिनुभयो । विशेषज्ञ सेवा अध्ययन गरेर कर्णालीले मुलुकलाई नै दक्ष जनशक्ति दिने अवसरका लागि नेपाल सरकार प्रधानमन्त्री, राष्ट्रिय चिकित्सा शिक्षा आयोग,प्रतिष्ठानका पदाधिकारीलाई धन्यवाद समेत दिइएको छ । मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय प्रधानमन्त्रीले प्रमाणित गरेपछि जुम्लामै एमडि एमएस ५ सिट पक्का भएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मङ्गल रावलले बताउनु भयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्