जनताकाे जीवन रक्षा गर : काङ्ग्रेस – Kanika Khabar
Wednesday, July 29Nepali News Portal

जनताकाे जीवन रक्षा गर : काङ्ग्रेस

    मा प्रकाशित

कनिका खबर

भदौ १०, दाङ ।

नेपाली काँग्रेस दाङ क्षेत्र नं २ ले जनताको कोरोना भाईरस महामारीको समयमा जीवन रक्षामा ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।
नेपाली काग्रेस दाङ क्षेत्र नं २ का सभापति भुपवहादुर डाँगीले विज्ञप्ती जारी गरि यस्तो माग गर्नुभएको हो ।

पछिल्लो समय दाङ पनि उच्च जोखिममा रहेको भन्दै पि सी आर टेष्ट र सङक्रमितको उपचारमा तथा जिवन रक्षामा पुर्ण लापरवाही गरि सरकारले समाजमा क्रास फैलाएको प्रति काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा भनिएको छ ।

cc

कोरोनाको कारण थप सङक्रमण फैलन नदिनका लागि कार्य गर्न समेत माग गरिएको छ । स्वास्थ्य सम्वन्धी सुरक्षार्थ र पि सी आर टेष्टको दायरालाई फराकिलो बनाइ कोरोनाको उपचारमा उच्च सतकर्ता अपनाइ अस्पतालका ओपिडि सेवा समेत सुरक्षीत रुपमा सञ्चालन गरि जनताको जिवन रक्षामा सहग हुन बिज्ञप्तीमार्फत अनुरोध गरिएको छ ।

‘पछिल्लो समयमा दाङ जिल्ला पनि उच्च जोखीमको जिल्ला रहेको बेला कोरोना परिक्षण पिसीआर परिक्षण, संक्रमीतको उपचारमा गम्भीर नभएर जनताको स्वास्थ्यमा पूर्ण लापरवाही गरि सरकारले समाजमा त्रास फैलाएकोप्रति नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ को गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

कोरोना विरुद्धको लडाइमा अग्रपंक्तीमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सामाजिक अभियान्ताहरु पति धन्यावाद दिदै आगामी दिनमा उच्च मनोवलका साथ अगाडि वढन भनिएको छ ।

कोरोनाको कारण ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गदै सङक्रमितहरुको स्वास्थ्य लाभको कामना गरिएको छ

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्