कोरोना सङ्क्रमणको केन्द्र बनेको प्रदेश २ मा विशेषज्ञ चिकित्सक टोली जाँदै – Kanika Khabar
Monday, September 21Nepali News Portal

कोरोना सङ्क्रमणको केन्द्र बनेको प्रदेश २ मा विशेषज्ञ चिकित्सक टोली जाँदै

    मा प्रकाशित

कनिका खबर
भदौं ११, रौतहट
कोरोना सङ्क्रमणको केन्द्र बनेको प्रदेश २ मा आज विशेषज्ञ चिकित्सकको टोली जाँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जना विशेषज्ञ चिकित्सकलाई पठाउने तयारी गरेको हो । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टका अनुसार नारायणी अस्पताल वीरगञ्जमा काम गर्ने गरी ९ जना चिकित्सक पुगिसकेका छन् । त्यसैगरी १३ जना चिकित्सक भने धनुषाको जनकपुर प्रादेशिक अस्पताल र रौतहटको गौर अस्पतालमा आज जाने तयारीमा छन् । उनीहरुमध्ये ६ जना चिकित्सक गौर अस्पताल र ६ जना जनकपुर प्रादेशिक अस्पताल जाने छन् । १ जनाको भने यी दुईमध्ये कुन अस्पतालमा जाने भन्ने टुङ्गो लागिसकेको छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्