१४ दिनपछि मात्र कोरोना सङ्क्रमितलाई डिस्चार्ज गर्न सरकारको पत्राचार – Kanika Khabar
Thursday, April 25Nepali News Portal

१४ दिनपछि मात्र कोरोना सङ्क्रमितलाई डिस्चार्ज गर्न सरकारको पत्राचार

    मा प्रकाशित

कनिका खबर
भदौ ११, दाङ ।
सरकारले कोरोना सङ्क्रमितहरुको डिस्चार्जका लागि सात वटै प्रदेशमा कोरोना अस्पताल तथा प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरेको छ । सरकारले देशभरिका कोभिड अस्पतालमा उपचाररत लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना सङ्क्रमितलाई डिस्चार्ज गर्न पत्राचार गरेको हो ।

कोभिड अस्पतालमा रहेका लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीको १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न स्वास्थ्य मन्त्रालयले पत्राचार गरेको हो । सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र देशभरिका कोभिड अस्पताललाई पत्राचार गरी १० दिनमा पीसीआर जाँच गरी डिस्चार्ज गर्न र पोजेटिभ आएमा थप चार दिन अस्पतालमा राखी परीक्षण नै नगरी १४ दिनमा डिस्चार्ज गर्न भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्