चितवनमा थप ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि – Kanika Khabar
Sunday, April 20Nepali News Portal

चितवनमा थप ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौं ११, काठमाडौं
भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४५ सहित अन्य तीन जिल्लाका गरी थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो भरतपुर १० स्थित रहेको चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै हिजै भरतपुर १० स्थित रहेको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षणमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसरी दुईवटा प्रयोगशालामा गरी थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित हुनेहरूमा भरतपुर महानगरपालिका १, २, ३, ७, ८, ९, १०, ११, १४ र २२ नम्बर वडाका गरी १४ देखि ६६ वर्ष उमेर समूहका ९ जना पुरूष र ९ जना महिला सहित १८ जना छन् । यस्तै रत्ननगर नगरपालिका ४, ६, ९, १०, १२ र १५ नम्वर वडाका १९ देखि ५३ वर्ष उमेर समूहका ५ जना पुरूष र ३ जना महिला गरि ८ जना छन् ।

यस्तै माडी नगरपालिका– ६ र ७ नम्बर वडाका ५ महिने बालकसहित ५ जना पुरुष र ४ जना महिलागरि ९ जनामा रहेका छन् । क्वारेन्टिनमा रहेका ती बालकको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गरिएको हो । यसैगरि जिल्ला बाहिरका तनहुँका २ जना पुरूष, पूर्वी नवलपरासीका ३ जना पुरूष र सर्लाहीका एक जना महिला र एक जना पुरूष रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्