लमजुङमा नेपाली सेनाका २० जनासहित २३ जनामा कोरोना देखियो – Kanika Khabar
Monday, July 27Nepali News Portal

लमजुङमा नेपाली सेनाका २० जनासहित २३ जनामा कोरोना देखियो

    मा प्रकाशित

कनिका खबर
भदौं ११, लमजुङ
लमजुङमा कार्यरत नेपाली सेनाका २० सैनिक सहित एकैदिन २३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन गरी पोखरा पठाईएका मध्ये एकैदिन २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित हुनेहरुमा नेपाली सेना श्रीजङ गण अन्तर्गत सुन्दरवजारमा रहेको कृषि प्राविधिक शिक्षालयमा रहेका २० जना रहेका छन् । यसअघि सोहि गणमा कार्यरत एक सैनिक विदामा रहेका बेला सङ्क्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङको क्रममा थप २० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै सदरमुकाम बेसीशहरस्थित एक बंैकमा कार्यरत दुई जना कर्मचारीमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सवैलाई सुन्दरवजार र बेसीशहरको आईसोलेसनमा राखिएको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्