प्रादेशिक प्रयोगशालामा पीसीआर परीक्षणका लागि स्वाव दिएका दुईसय सङ्क्रमित संपर्क बिहीन, खोज्दै प्रहरी – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रादेशिक प्रयोगशालामा पीसीआर परीक्षणका लागि स्वाव दिएका दुईसय सङ्क्रमित संपर्क बिहीन, खोज्दै प्रहरी

    मा प्रकाशित

कनिका खबर
भदौं ११, जनकपुरधाम
प्रदेश २ मा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गराएकामध्ये दुईसय जना सङ्क्रमित सम्पर्क विहिन भएका छन् । सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले दिनुभएको जानकारी अनुसार पीसीआर परीक्षणका बेला लेखाएको ठेगाना र सम्पर्क नम्बर गलत रहेका कारण खोजतलास गर्न कठिनाई भइरहेको छ । प्रयोगशालामा स्वाब संकलन गर्ने क्रममा कसैले गलत नम्बर दिन्छन् त कसैले गलत स्थान उल्लेख गर्छन् ।

त्यति मात्रै होईन, कसै कसैले त आफनो ठेगाना नै उल्लेख नगरिरहेको पनि पाइएको छ । यस्तो प्रवृतिले सङ्क्रमित खोज्न समस्या हुनुका साथै सङ्क्रमण फैलने जोखिम पनि बढ्दै गएको चिकित्सक बताउँछन् । सम्पर्क विहिन भएका सङ्क्रमितहरू खोज्न समस्या भइरहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले खोजीको काम भने जारी रहेको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्