कनिका खबर
भदौं ११, दाङ
अमेरिकाको केनोसामा २९ वर्षिय अश्वेत व्यक्ति ज्याकुब ब्लेकमाथि प्रहरीले गोली प्रहार गरेको विरोधमा सुरु भएको प्रदर्शन चर्किएपछि थप सेना परिचालन गरिएको छ । प्रदर्शनकै क्रममा दुईजना प्रदर्शनकारीको मृत्यु भए लगत्तै प्रदर्शन झन् बढेको हो ।
अमेरिकाको केनोसामा प्रदर्शनकारीहरुले ठाउँ ठाउँका सरकारी सम्पतिमा आगजनी गर्नुका साथै पसलहरुमा लुटपाट गरेको भन्दै थप सेना परिचालन गरिएको हो ।
केनोसामा हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुले प्रदर्शन जारी राखेकै बेला प्रहरीले धरपकड गरेसँगै प्रदर्शनकारी र सेनाबीच झडप भएको छ । प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि पेट्रोल बम समेत प्रहार गरेका छन् ।


