कृषकलाई घाँसकाे बीउ अनुदान – Kanika Khabar
Friday, October 23Nepali News Portal

कृषकलाई घाँसकाे बीउ अनुदान

    मा प्रकाशित

सपना पौडेल
बैशाख २३, दाङ ।
गढवा गाउँपालिकाले किसानलाई घाँसको बीउ अनुदान कृषकहरुलाई अनुदानमा घासको बीउ वितरण गरेको छ । गढवा गाउँपालिका वडा नम्बर ६ अन्तर्गतका पशुपालक गरी दुध उत्पादन गर्ने किसान हरुलाई अनुदानमा घासको बीउ वितरण गरिएको हो ।
आर्थिक वर्ष २०७६/२०७७ को कार्यक्रम अन्तर्गत गढवा गाउँपालिका वडा नम्बर ६ मा व्यावसयिक पशुपालन गर्ने कृषकलाई अनुदानमा डेढ किलो टियो सेन्टर ( मकै चरी ) जातको घासलो बीउ अनुदानमा वितरण गरिएको गढवा गाउँपालिका पशु शाखा प्रमुख अन्नतराम रेग्मीले बताएका छन् । गढवा गाउँपालिकामा अधिकांश किसानहरु पशु भेडा बाख्रा पालन गरेर जीवन यापन गरिरहेको बेला चरिचरण तथा वर्षायामसँगै घाँसपातको व्यवस्थापन गर्न सजिलो हुने तथा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले सिर्जित बजार समस्यले गर्दा किसानहरुलाई वडाको कार्यलायबाट बीउ वितरण गरिएको पशु शाखा गढवाका प्रेम खड्काले बताएका छन ।
गढवा गाउँपालिकाको पशु सेवा तर्फको १ लाख १० हजार बजेटबाट गढवा गाउँपालिकाको सबै वडा गरेर ८ क्विन्टल घाँसको बीउ वितरण गर्ने योजना रहेको पशु शाखा प्रमुख रेग्मीले बताएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्