बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु ।। – Kanika Khabar
Tuesday, July 28Nepali News Portal

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु ।।

    मा प्रकाशित

कनिका खबर
भदौं १२, धरान
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । झापाको दमक–३ घर भएका ८३ वर्षका एक जना पुरुष र मोरङको बेलबारी–५ का ५६ वर्षका एक जना महिलाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । ८३ वर्षका पुरुष बी एण्ड सी टिचिङ अस्पताल विर्तामोड झापाबाट रेफर भएर धरानस्थित प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका थिए । उनमा अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो ।

उच्च रक्तचाप, मधुमेह, अल्प रक्त कोशिका र मिर्गौलाको दीर्घकालीन समस्याबाट पनि पीडित रहेको उनको अस्पतालमै डायलायसिस गरिएको डा सापकोटाले बताउनुभयो । उनमा भदौ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यस्तै ५६ वर्षका महिला कोशी अञ्चल अस्पतालबाट रेफर भएर प्रतिष्ठानमा भर्ना भएको र उनमा पनि अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

ती महिलामा भदौ ९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियोे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्