कनिका खबर
भदौं १२, काठमाडौं
संसदको महिला तथा सामाजिक समितिले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काउन देश अनुसार फरक, फरक उद्दार नीति बनाउन सरकारलाई निर्देशन दिएको छ । विभिन्न देशका राजदूत, गैरआवासीय नेपाली संघ एनआएनएका प्रतिनिधि र विभिन्न मन्त्रालयका प्रतिनिधिसँग प्रविधिको माध्यमबाट छलफल गर्दै समितिले सरकारलाई यस्तो निर्देशन दिएको समितिका सभापति निरुदेबी पालले सीआईएनसँग बताउनुभयो । कुन देशको समस्या कस्तो हो, कस्ता नेपालीहरुलाई उद्धार गर्नुपर्ने र सम्बन्धित देशमा कोरोना भाइरस कोभिड–१९ को अवस्था के छ भन्ने समेत नहेरी सरकारले विदेशमा रहेका नेपाली उद्धारमा एउटै नीति लिँदा समस्या भएको राजदूतहरको गुनासो थियो । समितिले वैदेशिक रोजगारीमा देखिएका समस्या दीर्घकालीन समस्या समाधानका लागि तत्काल संयन्त्र बनाउन पनि समितिले निर्देशन दिएको छ । महिला तथा सामाजिक समितिले वैदेशिक रोजगारीमा रहेका नेपाली महिलाको संख्या यकीन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
मा प्रकाशित


