भक्तपुर अस्पताल कोरोना सङ्क्रमितको उपचारमा केन्द्रीत हुँदै – Kanika Khabar
Sunday, July 19Nepali News Portal

भक्तपुर अस्पताल कोरोना सङ्क्रमितको उपचारमा केन्द्रीत हुँदै

    मा प्रकाशित

कनिका खबर
भदौं १२, भक्तपुर
काठमाडौं उपत्यकामा कोभिड–१९ का बिरामीको संख्याया बढेसँगै भक्तपुर अस्पताललाई पूर्णतः कोरोनाका बिरामीको उपचार गर्ने अस्पताल बनाइएको छ । हिजोबाट अस्पतालमा भएका सबै पूर्वाधार कोरोनाका बिरामीको उपचारमा प्रयोग गर्न थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभयो । हाल अस्पतालमा कोरोनाको लक्षण नदेखिएका सङ्क्रमितलाई राख्न दस शय्या र लक्षण देखिएका बिरामीलाई राख्न पन्ध्र शय्याको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । त्यसबाहेक अब अस्पतालका अन्य ठाउँमा क्रमशः कोरोनाका सङ्क्रमितको उपचारको निम्ति व्यवस्था गर्न लागिएको पनि गौतमले जानकारी दिनुभयो । देशकै पुरानो अस्पतालमध्येको एक भक्तपुर अस्पतालमा अब सघन उपचार कक्ष (आईसीयू) सेवा पनि विस्तार हुने भएको छ । तत्काललाई पाँच वटा आईसीयू शय्या तयारी अवस्थामा रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. गौतमले बताउनुभयो । यस्तै अस्पतालले सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँग मिलेर आईसीयू सञ्चालन गर्ने टोलीको तयारी समेत गरेको समेत उहाँले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्