कनिका खबर
भदौं १२, बाजुरा
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ४ वाईमा रहेको स्वामी कार्तिक माध्यमिक विद्यालयले भदौ २१ गतेदेखि अध्यापन शुरु गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण विद्यालय क्षेत्र नराम्रोसँग प्रभावित भएको र विद्यार्थीको पठन पाठन ठप्प भएकाले यसअघि गाउँपालिकाले गरेको निर्णय अनुसार भदौ २१ गतेदेखि साविकका तिन तहका फरक फरक समयमा अध्यापन शुरु गर्ने निर्णय गरेको हो ।
विद्यालयका निमित्त प्रधानाध्यापक नहकुल जोशीको अध्यक्षतामा बसेको बैठकले हप्ताका ६ दिनमा आइतवार र सोमवार कक्षा ९ र १० को अध्यापन गर्ने भएको छ भने मंगलवार र बुधवार कक्षा ६ देखि ८ सम्मको र विहिवार र शुक्रवार कक्षा १ देखि ५ सम्मको अध्यापन गर्ने निर्णय गरेको हो । उचित सामाजिक दुरी कायम गर्दै हाल स्थानिय तहमै भएका शिक्षकहरु मार्फत प्रत्यक तहको अलग अलग अध्यापन गर्ने निर्णय गरेको निमित्त प्रधानाध्यापक जोशीले जानकारी दिनुभयो ।