दाङको ब्लड बैंकमा ब्लडको अभाव – Kanika Khabar
Friday, April 19Nepali News Portal

दाङको ब्लड बैंकमा ब्लडको अभाव

    मा प्रकाशित

कनिका खबर
भदौ १२, दाङ ।
दाङको ब्लड बैंकमा ब्लडको अभाव देखिन थालेको छ । कोरोना संक्रमणको जोखिमका कारण रक्तदाताहरु नै नहुँदा दाङमा अहिले रगतको अभाव भएको छ । रक्त सञ्चार केन्द्र दाङका अनुसार पछिल्लो समय रगतको माग बढ्दै गएको तर रक्तदान गर्नेको संख्या न्यून हुँदा अभाव भएको हो ।

केन्द्रका इन्चार्ज दिलिप न्यौपानेले कोरोना संक्रमणका कारण रक्तदाता नआउँदा र डाइलोसिस गर्नेहरु बढेकाले रगतको अभाब भएको बताए । दाङमा अहिले मासिक साढे ३ सय पोका रगतको माग भैरहेको छ । मृगौला रोगका बिरामी बढ्दै गएपछि डाइलोसिस गर्नेहरुलाई रगत बढी आवश्यक पर्ने गरेको छ । रक्त सञ्चार केन्द्रले ८० प्रतिशत मागलाई धान्न सकेको जनाएको छ भने २० प्रतिशत रगत सम्बन्धित व्यक्तिले नै खोज्नु पर्ने अबस्था रहेको न्यौपानेको भनाई छ ।

घोराही र तुलसीपुरमा रक्त सञ्चार केन्द्र सञ्चालन गरेको नेपाल रेडक्रस सोसाईटीले लमहीबाट पनि सेवा सुरुवात गर्ने तयारी गरेको छ । यही भदौको अन्तिम सातादेखि लमहीमा पनि रक्त सञ्चार सेवा केन्द्र स्थापना गर्ने तयारीका साथ काम भैरहेको न्यौपानेले बताए ।
दाङमा ब्लडको अभाव भइरहेको बेला विभिन्न अवसर पारेर ब्लड जम्मा गर्नका लागि रचनात्मक काम गर्नेहरुको संख्या पनि बढ्दै जान थालेको छ । हिजो बिहीबार घोराहीको सगरमाथा टोल बिकास सस्थाका सचिब खड्क केसीले जन्मदिनको अबसरमा रक्तदान गरेका छन् । ३२ वर्ष पूरा भई ३३ बर्षमा प्रबेश गरेको अबसरमा केसीले रक्तदान गरेका छन् ।

पछिल्लो समयमा जन्मदिनलाई रचनात्मक रुपमा मनाउने क्रममा केसीले रक्तदान गरी मनाउनु भएको जानकारी दिनु भएको छ । दाङमा कोरोना भाइरसको महामारीका कारण रगतको अभाव भएको समाचार सार्बजनिक भइरहेको समयमा केसीले रक्त सञ्चार केन्द्र घोराहीमा पुगेर रक्तदान गरे ।

समाजिक कार्यमा रुचि राख्ने केसीले रगत अभावका कारण समस्यामा परेका बिरामी र उनीहरुका आफन्तीहरुको सहजताका लागि रक्तदान गरेको जानकारी दिए । जिल्लामा जन्मदिनका अबसरमा रक्तदान गर्ने संख्यामा बृद्धि भएको रक्त सञ्चार केन्द्र घोराहीका ईञ्चार्ज दिलिप न्यौपानले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्