आकर्षक फिचरमा बेनेली टि एन टि १५ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आकर्षक फिचरमा बेनेली टि एन टि १५

    मा प्रकाशित

कनिका खबर
भदौ १२, दाङ ।


दाङ १ बेनेलीले १५९ सिसि सेग्मेन्टमा सबैभन्दा सस्तो मुल्यमा टि एन टि १५ बिक्री गर्दै आएको छ । इटालियन मोटर्साइकल निर्माता कम्पनिले नेपालमा नया सस्तो मुल्यमा सार्वजनिक गरेको हो ।
कम्पनीले टि एन टि १५ लाई प्रिमियर फिचर सहित २ ला ३७ हजार ५ सय रुपैया बिक्री मूल्य सार्वजनिक गरेको हो । नेपालमा १५० सिसीको बाइक बहुप्रतिक्षित रहेको थियो । यसअघि tnt250/tnt300 र tnt135 बिक्री हुँदै आएको थियो । बेनेली टि एन टि १५ लाई प्रेमियर बनाउन डिजिटल मिटर रियर मोनो सस्पेन्स दिएको छ । १४८ सिसी क्षमता दिएको छ । उक्त इन्जिनले १२०६ बिएस पावर र ११० एन एम टर्क जेनेरेट गर्छ । त्यस्तै यस्को १८५ एम एम ग्रवान किलिरेन्स दिएको नेपालमै पहिलो मोटसाइकल हो । जसले पहाडी कच्ची बाटोमा सजिलै जान सकिन्छ । यसमा रहेको डिजिटल कन्सोलमा ब्याटृ भल्ट मिटर समेत रहेको छ । यस्तै सिङ्ल डिस्क ब्रेक , होलोजन ल्याम्प बल्ब तथा टेलल्याम्प जस्ता फिचर यस टि एन टि १५ मा उपलब्ध रहेको छ । यस बेनेली मोटरसाइकलको नेपालको लागि इम्पोटर के टि एम इनटर्नेसनल रही दाङ बेनेली सोरुम मार्फत बिक्री हुँदै आएको छ । अहिले युवाहरुको लागि बेनेली प्राथमिकतामा पर्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्