मा प्रकाशित
कनिका खबर
भदौ १२, दाङ ।
उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चौधरीले ट्वीट गर्दै शुक्रवार बिहान कोरोना परीक्षण गर्दा पोजेटिभ देखिए पनि कुनै लक्षण नदेखिएको बताएका छन् ।
उनले ट्वीटमा लेखेका छन् ‘आज बिहान परीक्षण गर्दा मलाई कोरोना पोजेटिभ देखिएको छ । चौधरीले डाक्टरको सल्लाहअनुसार आफू आइसोलेसनमा बसेको पनि बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएकालाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।


