दाङमा मास्क नलगाएर हिँड्ने ५२ जनालाई कारबाही – Kanika Khabar
Saturday, July 25Nepali News Portal

दाङमा मास्क नलगाएर हिँड्ने ५२ जनालाई कारबाही

    मा प्रकाशित

दाङ,१२ भदौ ।

दाङमा प्रहरीले मास्क नलगाउनेलाई कारबाही गर्न सुरु गरेको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमको समयमा मास्क नलगाएर हिँड्ने ५२ जनालाई कारबाही गरेको हो।

कोरोना जोखिमको समयमा मास्क प्रयोग नगरेर बजारमा हिँड्ने ५२ जनालाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन्।

‘अहिले कोरोना जोखिमको समय भएकाले हामीले अनिवार्य मास्कको प्रयोग गरेर हिँड्न आग्रह गरिरहेका छौं,’ प्रवक्ता खड्काले भने, ‘मास्क लगाउन आग्रह गर्दा पनि मास्कको प्रयोग नगरी हिँड्नेलाई १०० रुपैयाँ जरिवाना गर्ने गरेका छौं।’

प्रवक्ता खड्काले अहिले कोरोना जोखिमको समय भएकाले बजारमा निस्किनेलाई अनिवार्य मास्क प्रयोग गर्न समेत आग्रह गरेका छन्।
यसैगरी प्रहरीले जोर–बिजोर प्रणालीको पालना नगर्ने २ सय ४४ सवारीसाधनका चालकलाई सचेत गराएर छोडेको छ।

बजारमा भीडभाड कम गर्ने उद्देश्यले गरिएको जोर–बिजोर प्रणाली उल्लंघन गरि बिजोर नम्बरको दिन पनि हिँड्ने जोर नम्बर भएका १ सय ६५ वटा मोटरसाइकल, ४० वटा अटो, २८ वटा कार÷जीप, ८ वटा स्कुटर र ३ वटा बसलाई नियन्त्रणमा लिएर सचेत गरी कारबाही गरिएको प्रवक्ता खड्काले जानकारी दिएका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्