उपप्रधानमन्त्रीसहित सीसीएमसीका कमान्डर होम आइसोलेसनमा – Kanika Khabar
Friday, April 26Nepali News Portal

उपप्रधानमन्त्रीसहित सीसीएमसीका कमान्डर होम आइसोलेसनमा

    मा प्रकाशित

कनिका खबर
भदौ १३, काठमाडौँ ।
नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोख्रेलसहित सीसीएमसीका कमान्डर होम आइसोलेसनमा बसेका छन् । कोरोना सङ्क्रमितको सम्पर्कमा पुगेको देखिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा होम आइसोलेसनमा बसेका हुन् ।
छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भेटिएपछि केही दिनअघि सोही स्थानमा बैठकमा सहभागी भएकाहरु होम आइसोलेसनमा बसेको बताईएको छ । यस्तै सचिव महेन्द्र गुरागाई पनि होम आइसोलेसनमा बस्नुभएको छ । सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि साढे दुई घन्टा छलफल भएको थियो । बैठकमा सहभागी एक कर्मचारीमा सङ्क्रमण देखिएको हो ।
मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको पनि पीसीआर परीक्षण गरिएको छ । तर नतिजा आउन बाँकी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्