मन्थलीमा कुकुरको आतङ्क,कुकुरले टोकेर एकै दिन १४ जना घाइते – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

मन्थलीमा कुकुरको आतङ्क,कुकुरले टोकेर एकै दिन १४ जना घाइते

    मा प्रकाशित

कनिका खबर
भदौं १३, रामेछाप
रामेछापको सदरमुकाम मन्थलीमा आज बिहान कुकुरले टोकेर १४ जना घाइते भएका छन् ।रेबिज लागेको आशंका गरिएको कुकुरले टोकेर १४ जनालाई घाइते बनाएको हो । घाइते मध्ये ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने ९ जनाको मन्थली स्थित तामाकोसी अस्पताल, रामेछाप सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको रामेछापका प्रहरी प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो । यस अगाडि पनि कुकुरले मन्थली बजारमा मानिसलाई टोक्ने गरेको घटना भएपनि एकैदिन यति धेरैलाई टोकेको यो पहिलो घटना भएको मन्थली नगरपालिकाको पशु शाखाले जनाएको छ । मन्थलीमा आज बिहान कुकुरले आतङ्क नै मच्चाएको थियो । मानिसहरू कुकुर देख्ने बित्तिक्कै भाग्न थालेका थिए । कुकुरले एक महिना अगाडि देखि नै मन्थली बजारमा दुःख दिन थालेको हो । रेविज लागेको कुकुरले टोक्दा यस अगाडि मन्थली नगरपालिकामा मात्र ७ वटा पशु मरेका थिए । अहिले पनि नगरपालिका क्षेत्र भित्र २२ वटा पशुलाई रेविज बिरुद्धको खोप दिइरहेको मन्थली नगरपालिकाको पशु शाखाले जनाएको छ ।

आज बिहान मानिसहरूलाई टोक्दै हिड्ने कुकुर पनि रेविज लागेको हुन सक्ने अनुमान गरिएको छ । मानिस देख्ने बित्तिक्कै जथाभावी टोक्दै हिडेको एउटा कुकुरलाई भने मारिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्